२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल



अ+ अ-

पाटन (ललितपुर) : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल विश्वविद्यालयको आज ललितपुरमा भएको विश्वविद्यालय उद्घोषणासभा कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै उहाँले यो विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्रै नभएर संसारका विद्यार्थीहरुका लागि आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताउनुभयो ।

“यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौँला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो, तर विश्वविद्यालयले आफ्नै पौरख र सामथ्र्यमा अगाडि बढ्ने हो”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो ।

सरकार अभिछिन्न रुपमा विश्वविद्यालयको साथमा रहनेछ भन्नुहुँदै उहाँले यो विश्वविद्यालय विशिष्ट किसिमको योगदान दिने विश्वविद्यालयका रुपमा परिचित हुने विश्वास व्यक्त गर्नुभयो ।

“यसले वैधानिक हैसियत प्राप्त गरेपछि पनि धेरै कुरा उठेका छन्, मानवीय मूल्यमा आधारित भए मानवीय आवश्यकतालाई परिपूर्ति गर्ने विश्वविद्यालयका रुपमा विकास होस् भन्ने अपेक्षा छ, उद्देश्यअनुसार काम गर्न सकोस्”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो । विश्वविद्यालय स्थापनाका लागि चालेका कदम सहज नभएको बताउँदै उहाँले स्थापनाका लागि चालेका कदम, निरन्तरता र अथक प्रयासले सार्थकता पाओस् भन्ने कामना गर्नुभयो ।

“यात्रा सहज छैन, सबै चुनौतीहरुलाई पार गर्दै नयाँ उचाइ हासिल गर्न सकोस्, आगामी दिनमा सरकारकोतर्फबाट निरन्तर सहयोग हुन्छ”, उहाँले भन्नुभयो । उहाँले विश्वविद्यालयले सरकारको साथको मात्रै अपेक्षा गरेर परनिर्भर नहुन आग्रह गर्दै आफ्नै बलबुतामा विशिष्ट किसिमले स्थापित हुन अनुरोध गर्नुभयो ।

नेपाल विश्वविद्यालय विकास बोर्डको अन्तर्राष्ट्रिय परामर्श बोर्डका अध्यक्ष तथा ब्रिटिस कोलम्बिया विश्वविद्यालय क्यानाडाका प्रोफेसर रोवर्ट उलर्डले नेपाल विश्वविद्यालयले दक्ष जनशक्ति पलायन हुने अवस्थालाई रोक्नसक्ने अवसर सिर्जना गर्न सक्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको विकास र समृद्धिका लागि विश्वविद्यालय स्थापना भएकामा आफू निकै खुसी भएको वताउनुभयो ।

संरचना र सञ्चालनका केही छुट्टै विशेषता भएको नेपाल विश्वविद्यालयले संरक्षक परिषद्बाट सञ्चालन हुने शासकीय स्वायत्तता कायम राख्दै, बहुविधागत लिवरल आर्टस् एण्ड साइन्स’ अवधारणामा आधारित शैक्षिक कार्यक्रमलाई अघि बढाउने नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा अर्जुन कार्कीले जानकारी गराउनुभयो ।

“यसले अन्य क्याम्पस तथा कलेजलाई सम्बन्धन दिने छैन । नेपाल विश्वविद्यालयले आफ्नै सङ्काय, आङ्गीक निकाय र पठनपाठनको गुणस्तरमाथि विशेष ध्यान दिनेछ । अन्तर्राष्ट्रिय सहकार्यमार्फत पठनपाठन र अनुसन्धानलाई प्रोत्साहित गर्दै, यसले वैश्विकस्तरको उत्कृष्टता नेपालमै उपलब्ध गराउने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिका महासङ्घको अध्यक्ष लक्ष्मी पाण्डेले ऐन पारित भई आधिकारिक रुपमा स्थापित हुन सफल भएकामा विश्वविद्यालयलाई बधाई दिनुभयो । उहाँले यस विश्वविद्यालयले चेतनशील र सिर्जनशील जनशक्ति तयार गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली विद्यार्थीको भविष्य उज्ज्वल बनाउन विश्वविद्यालय सफल हुने विश्वास व्यक्त गर्दै समयको मागअनुसारको आवश्यकता परिपूर्ति गर्नसक्ने अपेक्षा राख्नुभयो । उहाँले विश्वविद्यालयले दूरदृष्टि भएका क्षमतावान् नागरिक निर्माण गर्दै राष्ट्र निर्माणका लागि योगदान पुर्‍याउनेछ भन्ने धारणा राख्नुभयो । रासस