२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति चुनाव: डोनाल्ड ट्रम्प निर्वाचित



अ+ अ-

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।

विजयी हुन २७० इलेक्ट्रोरल मत आवश्यक पर्नेमा केही स्थानको मतगणना बाँकी रहँदा नै ट्रम्पले २७० इलेक्ट्रोरल प्राप्त गरिसकेका छन् । कूल इलोक्ट्रोल कलेज पाँच सय ३८ मध्ये निर्वाचित हुनका लागि दुई सय ७० मत आवश्यक पर्छ ।

रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले डेमोक्रयाट पार्टीका उम्मेद्वार कमला ह्यारिसलाई हराउँदै विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्प विजयी भएको फक्सन्यूजले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि निर्वाचन भएको छ । जसमा ट्रम्पको पार्टी रिपब्लिकनले सिनेट अर्थात् माथिल्लो सदनमा जित हासिल गरेको छ ।

७८ वर्षीय ट्रम्पले ऐतिहासिक कमब्याक गरेका छन् । उनी सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि अमेरिकी राष्ट्रपतिका लागि दोस्रो पटक गैर–लगातार कार्यकाल पाउने दोस्रो व्यक्ति बनेका छन् ।

कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएको भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेका थिए ।

यस अघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए ।