१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति चुनाव: डोनाल्ड ट्रम्प निर्वाचित



अ+ अ-

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।

विजयी हुन २७० इलेक्ट्रोरल मत आवश्यक पर्नेमा केही स्थानको मतगणना बाँकी रहँदा नै ट्रम्पले २७० इलेक्ट्रोरल प्राप्त गरिसकेका छन् । कूल इलोक्ट्रोल कलेज पाँच सय ३८ मध्ये निर्वाचित हुनका लागि दुई सय ७० मत आवश्यक पर्छ ।

रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले डेमोक्रयाट पार्टीका उम्मेद्वार कमला ह्यारिसलाई हराउँदै विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्प विजयी भएको फक्सन्यूजले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि निर्वाचन भएको छ । जसमा ट्रम्पको पार्टी रिपब्लिकनले सिनेट अर्थात् माथिल्लो सदनमा जित हासिल गरेको छ ।

७८ वर्षीय ट्रम्पले ऐतिहासिक कमब्याक गरेका छन् । उनी सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि अमेरिकी राष्ट्रपतिका लागि दोस्रो पटक गैर–लगातार कार्यकाल पाउने दोस्रो व्यक्ति बनेका छन् ।

कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएको भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेका थिए ।

यस अघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए ।