२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक पत्र



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो आएको छ ।

स्रोतका अनुसार आज मध्यान्न चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७-२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाउनु भएको छ ।

पछिल्लो पटक संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेट भएको थियो । सोही बेला चिनियाँ विदेश मन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने र सो समयमा अन्य कार्यक्रम नपार्न प्रधानमन्त्री ओलीलाई भनेका थिए ।

नेपाल फर्किएपछि प्रधानमन्त्री ओलीले पार्टीका उच्च अधिकारीहरूसँग आफ्नो चीन भ्रमणका बारेमा अनौपचारिक छलफल गरेका थिए । एमाले उच्च अधिकारीहरूले चीन भ्रमण गर्न प्रधानमन्त्री ओलीलाई सुझाएका थिए ।

नेकपा एमालेका अध्यक्ष ओली गत असार ३० गते आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत छन सोङले ओलीसँग भेट गरेका थिए । बधाई दिन प्रधानमन्त्री ओलीलाई भेटका राजदूत सोङले त्यहीबेला चीन भ्रमणबारे अनौपचारिक छलफल गरेका थिए ।

गत ३१ असारमा प्रधानमन्त्री नियुक्त ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि यो पहिलो औपचारिक विदेश भ्रमण हो ।