काठमाडौ । कोरोना सक्रमण भई ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा उपचाररत नेपाली कांग्रेस नेता मीनबहादुर बिश्वकर्माको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरबाट उपचार सुरु गरिएको छ। आईसीयूमा उपचाररत रहनु भएका बिश्वकर्माको स्वास्थ्थमा सुधार नभएपछि भेन्टिलेटरको सहायताले उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।
बिश्वकर्मालाई कोरोना सक्रमण संगै निमोनिया पनि देखिएको थियो । पूर्बमन्त्री बिश्वकर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष समेत हुनुहन्छ ।











