काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्य लक्ष्मी देवी शाहीबाट शुभ साइतमा भाइटीका लगाउनुभएको छ ।
पूर्वराजा शाहले कमलादीस्थित बहिनी शोमाकाे निवासमा टीका लगाउनुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।
फोटो- पूर्वराजाको सचिवालय