२५ कार्तिक २०८२, मंगलवार
,
Latest
बलिउड अभिनेता प्रेम चोपडा अस्पताल भर्ना एकान्तकुनाबाट चितुवा उद्धार गरी चिडियाखानामा राखीयो फागुन २१ गते हुने प्रतिनिधिशभाको निर्वाचनबारे छलफल- लाईभ भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ ।

राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनुभएको हो । उहाँहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।रासस