५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग आर्सनल पराजित, बर्नमाउथसँग म्यान्चेस्टर सिटी स्तब्ध



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । शनिबार भएको खेलमा आसर्नल न्युक्यासल युनाइटेडसँग १-० गोलले पराजित भएको हो ।

घरेलु टोली न्युक्यासललाई जित दिलाउन एकमात्र निर्णायक गोल अलेजान्डर इसाकले गरे । उनले खेलको १२ औं मिनेटमा गोल गरेका हुन् । यो नतिजापछि आर्सनल १० खेलबाट १८ अंकका साथ तालिकाको १८ औं स्थानमा छ । न्युक्यासल १५ अंकसहित नवौं स्थानमा छ ।

यस्तै, गएराति नै भएको खेलमा बर्नमाउथले म्यान्चेस्टर सिटीलाई २-१ गोलले हरायो । घरेलु टोलिको जितमा खेलको नवौं मिनेटमा एन्टोनि सेमेन्योले र ६४ औं मिनेटमा इभानिल्सनले गोल गरे । सिटीका होस्को जिभार्डिओलले एक गोल फर्काए ।

हारपछि सिटी १० खेलबाट २३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने बर्नमाउथ १५ अंकसहित आठौं स्थानमा छ ।