३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग आर्सनल पराजित, बर्नमाउथसँग म्यान्चेस्टर सिटी स्तब्ध



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । शनिबार भएको खेलमा आसर्नल न्युक्यासल युनाइटेडसँग १-० गोलले पराजित भएको हो ।

घरेलु टोली न्युक्यासललाई जित दिलाउन एकमात्र निर्णायक गोल अलेजान्डर इसाकले गरे । उनले खेलको १२ औं मिनेटमा गोल गरेका हुन् । यो नतिजापछि आर्सनल १० खेलबाट १८ अंकका साथ तालिकाको १८ औं स्थानमा छ । न्युक्यासल १५ अंकसहित नवौं स्थानमा छ ।

यस्तै, गएराति नै भएको खेलमा बर्नमाउथले म्यान्चेस्टर सिटीलाई २-१ गोलले हरायो । घरेलु टोलिको जितमा खेलको नवौं मिनेटमा एन्टोनि सेमेन्योले र ६४ औं मिनेटमा इभानिल्सनले गोल गरे । सिटीका होस्को जिभार्डिओलले एक गोल फर्काए ।

हारपछि सिटी १० खेलबाट २३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने बर्नमाउथ १५ अंकसहित आठौं स्थानमा छ ।