१४ भाद्र २०८३, आईतवार
,
Latest
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा ढाकाटोपीको व्यापार बढ्दो छः व्यापारी



अ+ अ-

काठमाडौँ । तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन् ।

स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाईटिकाका लागि ढाका टोपीको व्यापार राम्रो भईरहेको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले गत वर्ष भन्दा यस वर्ष सो टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिनुभयो । सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएको व्यापारीहरुको भनाई छ । उहाँरुले ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गईरहेको प्रतिक्रिया दिनुभयो ।

व्यापारी सिलवालले भन्नुभयो,‘पोहोरको दाँजोमा यस वर्ष एकदम सस्तो भएको छ । विशेष गरेर सानोतिनो वर्गका मान्छेले पनि टोपी लगाउन सक्ने स्थितिको टोपीहरु बजारमा आएको छ । अरुमा मूल्य बढेपनि टोपीमा घटेर आएको छ । एउटा सर्वसाधारणले लगाउन सक्ने खालको स्थितिमा आएको छ टोपी । तिहारको कारणले टोपीको व्यापार पनि राम्रै भईराखेको छ ।’

नेपालमा चाडपर्व दशैं–तिहार, विवाह, ब्रतबन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाईलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन अधिक रुपमा रहेको छ ।