७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियमित यौन सम्बन्धले तौल नियन्त्रण हुने !



अ+ अ-

एजेन्सी । आफ्नो तौल बढेर हैरान हुनु भएको छ भने अब तपाईंलाई खुसीको खबर छ । नियमित यौन सम्पर्कले पनि तौल नियन्त्रणमा सहयोग गर्ने निष्कर्ष अनुसन्धानकर्ताले निकालेका छन् ।

अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेशनले गरेको एक अध्ययनअनुसार बेडरुममा २५ मिनेटसम्म यौन क्रियाकलाप गर्ने पुरुषको १ सय १ र महिलाको ७० क्यालोरी खपत हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ ।

यौन सम्पर्कको माध्यमबाट छिटोछिटो तौल घटाउन चाहानु हुन्छ भने पोजिसनमा ध्यान दिनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका छन् ।

यसो गर्दा शरीरको क्यालोरी खपत हुन्छ । नियमित र सन्तुलित यौन सम्पर्कले शरीरमा हर्मोनल ब्यालेन्स कायम गर्न सहयोग पुग्छ । यसले हाम्रो शरीरको तौल नियन्त्रणमा अचुक औषधिको काम गर्छ ।

असन्तुलित तौल बढाउन सहयोग गर्ने एडिपोनिक्टिन र एस्ट्रोजेन हर्मोनलाई सन्तुलनमा राख्न पनि यौन सम्पर्कले सहयोग गर्छ । यौन सम्बन्ध तौल मात्र होइन्, केही अध्ययनअनुसार मुटु रोग लाग्न रोक्ने उत्तम उपाय समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।