५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डमाथि नेपालको शानदार जित, सन्दीपको अर्धसतक



अ+ अ-

काठमाडौं । द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले शानदार विजयी सुरुआत गरेको छ । नेपालले पहिलो खेलमा इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित दर्ता गरेको हो ।

इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका कप्तान सन्दीप जोराले १२ बलमा आक्रमण अर्धसतक प्रहार गरे ।

उनी रिटायर्ड हर्ट भए । लोकेश बम २० र रसिद खान २१ रनमा अविजित रहे । यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ५ ओभर ५ बलमा ९७ रनमा अलआउट भएको छ ।

इंग्ल्याण्डले एक बल बाकी छदा सबै विकेट गुमाएर ९७ रन जोडेको थियो । बलिङमा नेपालका प्रतिश जिसीले सर्वाधिक २ विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल अष्ट्रेलियासँग खेल्नेछ ।