४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

तिहारमा फूलको झिलिमिली, सडकदेखि मलसम्म मालैमाला (फोटो फिचर)

तिहारमा फूलको झिलिमिली, सडकदेखि मलसम्म मालैमाला (फोटो फिचर)
अ+ अ-

काठमाडौं । तिहारमा सयपत्री र मखमली मालाले बजार सुसज्जित भएको छ । काठमाडौं उपत्यकामा मालाको माग र खपत धेरै हुँदा तिहारलक्षित माला तथा फूल धमाधम बाहिरि जिल्लाबाट पनि भित्रिरहेको छ ।

लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको प्रयोग धेरै हुने गर्छ । आज लक्ष्मीपूजा परेकाले सडक पेटीदेखि डिपार्टमेन्ट स्टोरसम्म माला राखिएका छन् । फूल र माला किन्न बिहानैदेखि मानिसहरुको चहलपहल देखिन्छ ।

किसानले उपत्यकाका मुख्य मुख्य बजारमा विभिन्न जिल्लामा उत्पादन गरेका फूलमाला ल्याएर बेच्न थालेका हुन् ।

यो वर्ष मालाको मूल्य गत वर्षकै हाराहारीमा रहेको छ । बजारमा सयपत्री माला एक सयदेखि १५० रुपियाँ र मखमली मालाको मूल्य ५० देखि ६० रुपियाँमा बिक्री हुने गरेको छ । यपपालि तिहारमा सयपत्री माला ४० लाख, चार लाख ७५ हजार मखमली र बाँकी गोदावरी मालाको खपत हुने अनुमान छ ।

तिहारमा सबैभन्दा धेरै सयपत्री मालाको खपत हुने गर्छ । वार्षिक रूपमा फूलको माग १० देखि १५ प्रतिशतले बढ्दै गए पनि स्वदेशी उत्पादनमा आत्मनिर्भर भएकाले आयात गर्नुपर्ने अवस्था छैन । सरकारले गत वर्षदेखि फूलको आयातमा प्रतिबन्ध लगाएकाले फूलको आयात भएको छैन ।

काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, रामेछाप, ओखलढुङ्गालगायतका जिल्लाबाट उपत्यकामा फूल तथा माला भित्रिने गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार मुलुकभर ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ ।