काठमाडौं । आइतबार मात्र साँझसम्ममा कोरोना भाइरसको संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको विभिन्न अस्पतालहरु र सम्बन्धित प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयहरुले दिएको जानकारीमा उल्लेख गरिएको छ ।
यसरी प्राप्त भएका समाचारहरुमा काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको जनाइएको छ ।
यसरी मृत्यु हुनेमा झापाका ४ जना, कास्कीका ३ जना, ललितपुर र रुपन्देहीका २/२ जना, सुनसरी, मोरङ, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १/१ जना रहेको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएका छन् ।











