१५ बैशाख २०८२, सोमबार
,
Latest
रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ मन्त्रिपरिषद् निर्णय: शिक्षक आन्दोलन वार्ताबाट समाधान गरिने ‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’ सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने ‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’ अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान सात सहरमा प्रस्तुति दिन अमेरिकातर्फ नेपथ्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको फाइनल खेल- फोटो  फिचर 



अ+ अ-

काठमाडौँ ।  दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपअन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेल सुरु भएको हो । फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमेत दशरथ रङ्गशालामा उपस्थिति हुनुहुन्छ ।

सन् २०१० मा बङ्गलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यसअघि पटक पटक फाइनलसम्म पुगे पनि नेपाल उपविजेतामै  चित्त बुझाउन बाध्य बनेको थियो । नेपालले साफ महिला च्याम्पियनसिपमा चार पटक भारतसँग तथा एक पटक बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।

नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन् । नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन् ।

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको  थियो ।

यस्तै बङ्गलादेशले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

तस्बिर : प्रदीपराज वन्त/ रासस