१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको निधन



अ+ अ-

काठमाडौँ: राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको ८३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि पार्किनसन रोगसम्बन्धी समस्या झेल्दै आउनुभएका सैँजुको सानेपास्थित आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको उहाँको छोरी मीता प्रधानले जानकारी दिनुभयो । उहाँले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गर्नुभएको थियो । सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रवल त्रिशक्ति पट्टबाट उहाँ सुशोभित हुनुहुन्थ्यो ।

पूर्वराजदूत सैँजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अङ्ग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । श्रीमती, एक छोरा, एक छोरी हुनुहुन्छ । उहाँको शुक्रबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।