१४ कार्तिक २०८१, बुधबार
,
Latest
नेपाललाई स्तब्ध बनाउदै बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसीपको उपाधि साफ महिला च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको फाइनल खेल- फोटो  फिचर  साफ च्याम्पियनसीप फाइनलः नेपालविरुद्ध बंगलादेशले लियो अग्रता बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको निधन कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन पहिलो हाफमा नेपाल र बङ्लादेशबीचको खेल बराबरी कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए राष्ट्रपतिको अजरबैजान भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत साफ च्याम्पियनसीपको फाइनल सुरु, प्रधानमन्त्री पनि रंगशालामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए



फाईल फोटो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा कात्तिक ५ गते मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । अनुसन्धानपछि उक्त गैँडा कालगतिले मरेको पाइएको उहाँले बताउनुभयो ।

कात्तिक ६ गते निकुञ्जको कलकत्ता टापुमा एउटा बच्चा र एउटा वयस्क गैँडा सडेगलेको अवस्थामा र कात्तिक १३ गते अन्दाजी २५ वर्षको पोथी गैँडा निकुञ्जको भिम्ले पोष्ट नजिक मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । उक्त पोथी गैँडा दलदलमा फसेर मरेको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म छवटा गैँडा मरेका छन् । तीमध्ये एउटा करेन्ट लागेर र अन्य प्राकृतिक कारणले मरेका हुन् । यीसहित चालु आवको हालसम्म मात्र मृत भेटिएका गैँडाको सङ्ख्या १० पुगेको छ”, सूचना अधकारी मगरले भन्नुभयो ।

यसैबीच, निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विभिन्न गतिविधि गर्ने १० जनालाई पक्राउ गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले कात्तिक १ गतेदेखि हालसम्म उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो ।

निकुञ्जका सूचना अधिकारी मगरका अनुसार अनुमतिविना निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्ने तीन, बालुवा चोरीनिकासी गर्ने चार र तियारी जालको प्रयोग गरी माछा मार्ने तीनजनालाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको छ ।