४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’

सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’
अ+ अ-

लमजुङ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त हुनुहुन्छ । उहाँ नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुनुहुन्छ । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले   ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा हुनुहुन्छ ।

हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएकी भण्डारी सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि झन चर्चामा हुनुहुन्छ । नेपाललाई विजयी गराउँदै फाइनलमा पु¥याएसँगै भण्डारीको चर्चा चुलिएको छ । खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भण्डारी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किनुभएको हो । थमन भण्डारी र मुना भण्डारीको कोखबाट माइली छोरीका रुपमा जन्मिनुभएकी उहाँको जन्म भने २०५३ जेठ १५ गते हिमाली जिल्ला मनाङस्थित चामेमा भएको हो ।

भण्डारीका बुबा थमन र आमा मुना छोरीको प्रगति देखेर दङ्ग हुनुहुन्छ । उहाँकी आमा मुनाले भन्नुभयो, “हामीले दुःख गरेर हुर्काएकी छोरी हो, केही गर्छिन् भन्ने त लाग्थ्यो । तर फुटबल खेखेर यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौँ ।” भण्डारी नौ÷दश वर्षको उमेरदेखि साथीभाइ बटुलेर फुटबल खेल्नुहुन्थ्यो । “जति बेला पनि फुटबल मात्र खेल्ने, काम गर्न लगायो भने काम गरेजस्तो गर्ने, हाम्रो आँखा छलेरै फुटबल  खेल्थिन ।”

भण्डारीका बुबा–आमाले अह्राएको काम नगरेर खाली फुटबल मात्र खेलेको देख्दा उहाँलाई दिनुहुँ गाली गर्नुहुन्थ्यो । उहाँलाई भने बुबा–आमाको गालीको कुनै पर्वाह हुन्थेन । साम्बाको एउटै मात्र उद्देश्य थियो, जसरी पनि सफल फुटबल खेलाडी बन्ने र नेपालको टोलीबाट खेल्ने ।

“काम छोडेर खेल्न मात्र जाने भनेर हामी छोरीलाई सधैँ कराउँथ्यौँ, हामीलाई त्यति बेला सबैभन्दा ठूलो घरको काम गर्नु नै हुन्थ्यो, तर ऊ काम, पढ्नभन्दा फुटबल खेल्न मात्र खोज्ने” भण्डारीकी आमा मुनाले रासससँग भन्नुभयो, “काली धेरै बल मात्र खेल्न खोज्ने भन्दै कुट्ने पनि गरेँ, हामीलाई त्यति बेला यस्तो राम्रो फुटबल खेलाडी हुन्छिन जस्तो लाग्दैनथ्यो ।”

आमा मुना साम्बालाई निकै दुःखले हुर्काएको बताउनुहुन्छ । “सानैदेखि हामीले साँझ बिहान घाँस काट्न मात्र लगाउँथ्यौँ, अरु धेरै काम त हँुदैनथ्यो, केटीले गर्नेभन्दा केटाहरुले गर्ने काम बढी गर्न खोज्ने बानी थियो । १४÷१५ वर्षको उमेरमा उसले गोरु जोत्न थालिन, आली लगाउने, चाडपर्वमा गाउँमा अरूको खसीबोका मार हान्दै हिँड्थिन्”, आमा मुनाले गाउँमा छँदा साम्बाको दिनचर्या सुनाउनुभयो ।

सावित्रा जतिबेला पनि मोजाको बल लुकाएर विद्यालय जानुहुन्थ्यो । अरु बेला पनि बलसँगै लैजाने गर्नुहुन्थ्यो । गाउँमा  साथीभाइ बटुलेर जतिबेला पनि फुटबल खेल्ने गरेकी उहाँका बुबा थमन बताउनुहुन्छ । “प्रायःजसो केटी साथीहरुभन्दा पनि केटा साथीहरु । अझ ठूल्ठुला दाइहरुसँगै बल खेलेर हुर्किएकी  हुन्”, उहाँले भन्नुभयो ।

सावित्राका लागि सबैभन्दा महत्वपूर्ण काम फुटबल खेल्नु मात्र हुन्थ्यो । “जति बेला पनि बल खेल्ने । त्यो पनि बढीजसो केटाहरुसँग खेल्ने हुँदा गाउँलेहरुले छोरी मान्छे भएर पनि केटाहरुसँग बल खेलेर हिँड्छ भन्दै तेरो छोरी बिग्रियो भनेर कुरा काट्ने गर्दथे, तर अहिले उसैले गाउँको जिल्लाको र देशकै नाम राखेको छ, आज समय बदलियो, हिजो कुरा काट्ने उनै  गाउँलेहरु प्रशंसा गर्दै हिँडेका छन्”, बुबा थमनले भन्नुभयो ।

पहिला पनि र अहिले पनि सावित्राको काम फुटबल खेल्नु मात्रै भयो । उहाँले देशकै नाम राख्न सफल भएकामा बुबा आमा औधी खुसी हुनुहुन्छ । बुबा थमनले भन्नुभयो, “सावित्राको स्वभाव छोरा मान्छेको जस्तो छ, १० वर्षको उमेरदेखि नै छोटो छोटो कपाल बनाउने, सर्ट पाइन्ट लगाउने, कुर्ता सुरुवाल लगाउन मान्दैन थिइन् । छोरी मान्छेले भन्दा छोरा मान्छेले गर्ने काम नै गर्न बढी रुचाउँथ्यो ।”

सावित्राका बुबा थमन स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीको जागिरे हुनुहुन्थ्यो । मनाङमै हुँदा सावित्राको जन्म भएको हो । उहाँ चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना हुनुभयो । पछि पाँच वर्षको उमेर हुँदा आमा मुनासँगै लमजुङ फर्किनुभयो । बुबा थमन भने जागिरका सिलसिलामा मनाङमै बढीजसो बस्नुभयो । उहाँले मनाङमा २०४४ सालमा जागिर खानुभयो । विसं २०४६ मा उहाँ स्थायी भएर ३४ वर्ष सेवा गरेर मात्र थमन लमजुङ फर्किनुभयो ।

“त्यो बेलामा मेरो एउटा जागिरले घर व्यवहार चलाउनेदेखि चार छोरी, दुई छोरालाई पढाउन हुर्काउन निकै समस्या थियो । तर अहिले हामीलाई छोरी सावित्राले हेरेको छ । अब हामीलाई पहिलाको जस्तो दुःख छैन”, बुबा थमनले खुसी हुँदै भन्नुभयो ।

सावित्राले  गाउँकै सरस्वती सदन आधारभूतमा नर्सरीदेखि कक्षा ७ सम्म पढ्नुभयो । गणेश माविमा कक्षा ८ देखि ९ सम्म पढ्नुभयो । “उक्त विद्यालयमा ९ कक्षा पढ्दै गर्दा खुदीस्थित अमर माविका शिक्षक श्यामबहादुर थापाले राम्रो फुटबल खेल्दोरहेछ, यस्तो खेलाडी हाम्रो विद्यालयमा पढ्नुपर्छ भन्दै आफ्नो विद्यालयमा भर्ना गरिदिनुभयो”, बुबा थमनले भन्नुभयो, “जतिबेला पनि फुटबल खेले पनि सावित्राको पढाइ पनि राम्रै  थियो ।”

सावित्रालाई आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबको टोलीमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो । उक्त क्लबमा आबद्ध भएर उहाँ क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी हुनुभएको थियो । महिला फुटबल प्रतियोगितामा उहाँ सहभागी भएको मनास्लु युवा क्लब प्रथम भयो ।

बुबा थमनले भन्नुभयो, “छोरीको खेल उत्कृष्ट देखेर तत्कालीन रेफ्री शुक्र लामाले महिला फुटबल खेलाडीका रूपमा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिनुभयो । काठमाडौँ जान्छु भनेर खबर गरिन् । म मनाङमै थिए । दुईचार दिन खेत रोपेर जाने सल्लाह दिएँ, म घर आएपछि काठमाडौँ पठाएँ ।”

काठमाडौँ गएपछि सावित्राले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिर खानुभयो । तर बुबा आमालाई भने छोरीले जागिर खाएको दुई वर्षपछि मात्र थाहा भयो । “दुई वर्षपछि मात्र जागिर खाएको खबर दिइन्”, बुबा थमनले सुनाउनुभयो ।

सावित्रा सशस्त्र प्रहरी बलमा सहजै भर्ती भएका उहाँका बुबा आमा खुसी हुनुभयो । “मैले भर्ती भएपछि किन यही फुटबल क्षेत्र रोजेको भनेर सोधेँ । तर सावित्राले फुटबल खेल्न पाउने र आफूले चाहेको क्षेत्रमा काम गर्न सजिलो हुने भन्दै जवाफ दिइन्”, उहाँले भन्नुभयो । सावित्राको खेल बुबा आमाले मोबाइलबाट हेर्ने गर्नुहुन्छ । साँझ सधैँ मोबाइलबाटै खेलकुद  गतिविधि हेर्ने गरेको बुबा थमनले बताउनुभयो । सावित्राले कक्षा ६ देखि खेल्दै आएको मोजाको बल बुबाआमाले घरमा सुरक्षित राखेका छन् ।

सावित्राका छिमेकी मधुराम भण्डारी उहाँले मोजाको बल बनाएर खेल्ने गरेको सम्झिनुहुन्छ । उहाँले भन्नुभयो, “सावित्राको प्रगति देखेर खुसी लागेको छ, देशको नाम राखेको छ । अझै राज्यले खेलकुद क्षेत्रको विकास गर्नुपर्छ । हामी पहिला सँगै बल खेल्थ्यौँ, हामीले उसलाई बल टिप्न लगाउँथ्यौँ, उसको चन्चले स्वभाव थियो, केही गर्लाजस्तो लाग्थ्यो, निडर स्वभाव थियो ।”

गाउँमा केटाहरु खेलिरहँदा पनि सावित्रा एक्लै मिसिएर बल खेल्न सहभागी हुने गर्नुहुन्थ्यो । सावित्राको भाइ आषिस भण्डारीले भन्नुभयो, “दिदी बल समाएर हिँडेपछि हामीहरु पनि पछिपछि लागेर खेल्ने गर्दथ्र्यौं । कहिलेकाहीँ हामीले खेल्न मन नलागेको बेलामा दिदीले कुटेर भए पनि खेल्नज लगाउनुहुथ्यो ।” सावित्राका आफन्तजन तथा गाउँलेको धोको साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको हेर्ने छ ।  सावित्राले लमजुङस्थित गाउँको खेतका गहरादेखि दशरथ रङ्गशाला हुँदै युरोपको रङ्गाशालासम्मको यात्रा तय गरेकामा  गाउँका सबै खुसी छन् । रासस