२५ कार्तिक २०८२, मंगलवार
,
Latest
फागुन २१ गते हुने प्रतिनिधिशभाको निर्वाचनबारे छलफल- लाईभ भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूयोर्कमा इतिहासमै पहिलोपटक दिपावलीको अवसरमा विद्यालय विदा



अ+ अ-

एजेन्सी । इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् ।

“यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय बन्द गरिने भएको छ,” मेयरको अन्तर्राष्ट्रिय मामिला विभागका उपायुक्त दिलीप चौहानले बताउनुभयो ।

“११ लाख विद्यार्थी रहेको न्युयोर्क सहरमा विद्यालय सार्वजनिक बिदा घोषणा गर्न सजिलो छैन”, चौहानले भन्नुभयो, “विभिन्न समुदायका नेता, अधिवक्ता, निर्वाचित अधिकारीहरुले धेरै वर्षदेखी यस विषयमा पहल गरिरहेका थिए । अन्ततः न्युयोर्क सहरका मेयर एरिक एडम्सको प्रशासनले नोभेम्बर १, शुक्रबार विद्यालय बिदाको घोषणा गरेको छ ।”

चौहानले दिपावलीका लागि सार्वजनिक बिदा घोषणा गरेकोमा मेयर एरिक एडम्सप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । चौहानले भन्नुभयो, “मेयर एरिक एडम्सको यो घोषणाप्रति हामी धेरै आभारी छौँ । सबैलाई दीपावलीको शुभकामना ।”

यसअघि जुनमा, न्यूयोर्क सहरले आधिकारिक रूपमा दीपावलीलाई सार्वजनिक विद्यालय बिदाको रूपमा घोषणा गरेको थियो । दिवाली हिन्दू, जैन, सिख र बौद्धद्वारा मनाइने प्रमुख चाडमध्ये एक हो । यो अब न्युयोर्क सहरका विद्यार्थीलाई उत्सव मनाउनका लागि सार्वजनिक विद्यालय बिदाको दिन हो ।

यसैबीच, अमेरिकी प्रथम महिला, जिल बाइडेन र राष्ट्रपति जो बाइडेनले अक्टोबर २८ मा ह्वाइट हाउसमा दिपावली उत्सवको आयोजना गरी संयुक्त राज्य अमेरिकाभरीका भारतीय मुलका अमेरिकीहरूलाई उपस्थित हुन आमन्त्रित गर्नुभएको थियो ।

ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समार्फत दिपावली उत्सवको तस्वीर साझा गर्दै लेखेको छ, “ह्वाइट हाउसको तर्फबाट सबैलाई दीपावलीको शुभकामना !”