२५ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ? दीपककुमार साहले लिए उद्योगमन्त्रीको शपथ रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई युएईले दियो २०३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा नेपाल र युएईबीचको खेल जारी छ । 

दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । 

५० ओभर खेल्दै युएईले ९ विकेट गुमाएर २०२ रन जोड्यो । युएईका लागि मुहम्मद वासिमले ५१ बल खेल्दै ३३ रन जोडे । यस्तै, चिराग सुरीले ५४ बल खेल्दै २६ रन जोडे भने रोहन मुस्ताफाले ७३ बलमा ६० रनको अर्धशतकीय इनिङ्स खेले । 

यस्तै, बसिल हमीदले ३३ बलमा १७ रन जोडे भने आलिशान शराफुले १३ बलमा २१ रन जोडे । 

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र करन केसीले समान २/२ विकेट लिए। त्यस्तै दिपेन्द्र सिंह एरी र आरिफ शेखको नाममा समान १/१ विकेट रह्यो ।