३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ केभिए विद्युत् प्रसारण लाइन जडान



अ+ अ-

मान्म । कालीकोटमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभिए राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । यसअघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभिए विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गरिएकोमा त्यसलाई थप गरेर ३३ केभिए प्रसारण लाइन जडान गरिएको हो । 

विगतमा कालीकोटमा ११ केभिए प्रसारण लाइनमा विद्युत्को भोल्टेज घटबढ हुने समस्या र नागरिकको माग अनुसार विद्युत् आपूर्ति गर्नका लागि ३३ केभिए प्रसारण लाइन जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यसले विद्युत् आपूर्ति नियमित हुने तथा भोल्टेजमा घढबढ् हुँदैन् ।”

यो कार्यसँगै कालीकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केन्द्रसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम अगाडि बढ्ने प्रमुख पौडेलले बताउनुभयो । “जिल्लाको नौ पालिकामध्ये ३ मा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान भएको छ”, उहाँले भन्नुुभयो,“अब सबै पालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनेछ ।” कर्णालीका दशमध्ये अझैँ तीन जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन् । 

दुई वर्षमा कर्णालीका सबै जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गर्ने र त्यसका लागि विद्युत् प्राधिकरणले रु २५ अर्बको बजेट विनियोजन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । “अहिले विद्युत् नपुगेका हुम्ला, मुगु र डोल्पा जिल्लामा सोलार प्लान्ट जडान गरेर विद्युत्को आपूर्ति पूरा गरिनेछ”, उहाँले भन्नुभयो,“अन्य जिल्लामा विद्युत्को लाइन विस्तार गरेर दुई वर्षमा कर्णालीका सबै गाउँ गाउँमा विद्युत् पुर्‍याइने छ ।”