२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी पीडितलाई तत्काल राहत प्रदान गर्न आग्रहसहित सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौँ । सहकारी पीडितलाई तत्काल राहत उपलब्ध गराउन भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सहकारी पीडितले औषधी खान समेत समेत नपाएर मर्न बाध्य हुने अवस्था सिर्जना भएको भन्दै मुद्दा अगाडि बढ्दै जाने र पीडितलाई राज्यले कोष छुट्याएर तत्काल राहत दिनुपर्ने मागसहित रिट दायर गरिएको हो ।

रिट निवेदकमा वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी, ध्रुवलाल श्रेष्ठ, स्वागत नेपाल, अधिवक्ता बोलाराम पाण्डे, अधिवक्ता अमृत खरेल, नेपाली सेनाका पूर्व जनरल भरत रायमाझी, वास्तविक सहकारी पीडित महासंघका अध्यक्ष सुलभ केसी खत्री र अधिवक्ता दीक्षा कटुवाल रहेका छन् । रिटको भोलि बुधबार पेशी तोकिएको छ ।

‘सहकारी पीडितले औषधी खान समेत समेत नपाएर मर्न बाध्य भएर लासको जुलुस निकाल्नु फेरि नपरोस्, मुद्दा अगाडि बढ्दै जान्छ तर तत्काल राहत प्रदान गर्न राज्यले कोष छुट्याएर कम्तीमा मर्न चाहिँ दिनुहुन्न भनेर आज हामीले सर्वोच्च अदालतमा रीट दायर गरेका छौं, भोलि पहिलो पेशी छ ।’ रिट निवेदक स्वागत नेपालले सामाजिक सञ्जालमार्फत रिट दायर गरिएको जानकारी दिँदै भनेका छन् – ‘अनुसन्धान आरोप छानबिन हुँदै गर्छ तर तत्काल कसरी मर्न लागेका दुःखी गरिबहरुलाई बचाउन सकिन्छ भनेर यो उपाय खोजिएको हो ।’




भर्खरै