५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको बैठक बस्दै, राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी



अ+ अ-

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

एक मन्त्रीका अनुसार आजको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी भएको छ । यो अध्यादेश जारी भएमा दल विभाजनका लागि सहज हुने छ । यसै गरी आजकोबैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा पनि ठोस निर्णय हुने जनाईएको छ ।

एक मन्त्रीले न्यूजपोलारसंग भन्नुभयो “कुनै घटनाक्रम बिचमा बिकसित भएन भने आज राजनीतिक दल सम्बन्धी अध्यादेश जारी हुन्छ ।”

अध्यादेशका बिषयमा आज बिहान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक बिच छलफल भएको र उहाँहरुको छलफल पछि काग्रेस सभापति शेरबहादुर देउवासंग पनि छलफल भै सहमति भएको ती मन्त्रीले जानकारी दिनुभयो ।