१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

टक्सार महाशाखामा असर्फी किन्नेको भिड



अ+ अ-

काठमाडौं । तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्रीवितरण शुरू गरेको छ । आज धनतेरसको दिन असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।

विभागको गेटबाट सुरु भएको लाइन बिजुली बजारको पुलसम्म आईपुगेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइने टक्सार महाशाखाले जनाएको छ ।

महाशाखाले २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको छ । चाँदीको सिक्का भने आइतबारदेखि नै बिक्री खुला गरेको थियो । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित १० र २५ ग्रामको चाँदीको सिक्री बिक्री गरिरहेको टक्सार महाशाखाले छ ।