२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

टक्सार महाशाखामा असर्फी किन्नेको भिड



अ+ अ-

काठमाडौं । तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्रीवितरण शुरू गरेको छ । आज धनतेरसको दिन असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।

विभागको गेटबाट सुरु भएको लाइन बिजुली बजारको पुलसम्म आईपुगेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइने टक्सार महाशाखाले जनाएको छ ।

महाशाखाले २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको छ । चाँदीको सिक्का भने आइतबारदेखि नै बिक्री खुला गरेको थियो । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित १० र २५ ग्रामको चाँदीको सिक्री बिक्री गरिरहेको टक्सार महाशाखाले छ ।