९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

कोभिड–१९ को सङ्क्रमणका बिच बुधबारदेखि पर्यटकीय बससेवा शुरु हुने

कोभिड–१९ को सङ्क्रमणका बिच बुधबारदेखि पर्यटकीय बससेवा शुरु हुने
अ अ+ अ-

काठमाडौँ । देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बससेवा सुरु हुने भएको छ । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुर्नस्थापित गर्नका लागि देशदर्शन बससेवा प्रालिले कात्तिक १९ गते बुधबारदेखि औपचारिक रुपमा देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बससेवा सञ्चालन गर्न लागेको हो । 


प्रालिले काठमाडौँ–पोखरा दिवा तथा रात्री, काठमाडौँ–जनकपुर रात्री, काठमाडौँ–विरगञ्ज रात्री, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्री, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्न लागेको छ । उक्त बससेवा काठमाडौँको बौद्धबाट सोह्रखुट्टे हुँदै छुट्नेछन् । 
पछिल्लो समय विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै ८ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रीकालिन सेवा सुरु गर्न लागिएको प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्य बताउनुहुन्छ । 
 आचार्यका अनुसार करिब १२ करोड रुपियाको लगानीमा १६ बस खरीद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गर्न  लागिएको हो ।  देशदर्शन बससेवा प्रालिले मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रीकालिन बससेवा सञ्चालन गर्न लागेको कार्यकारी निर्देशक आचार्यको भनाई छ । 
आन्तरिक तथा बाह्य पर्यटक बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई माक्सको अनिवार्य व्यवस्था गर्ने, बसभित्र सेनिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनी बताउनुहुन्छ । 


सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थालेपनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगित गरिएको थियो । देशदर्शन बससेवा प्रालिले शुभारम्भको एक साताका लागि काठमाडौँदेखि देशका विभिन्न स्थानमा जानका लागि भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था गरेको बजार व्यवस्थापक लोहनी बताउनुहुन्छ । 
अहिले काठमाडौँदेखि मुख्य पर्यटकीय स्थललाई लक्षित गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । 
पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायीहरु बताउँछन् । व्यवसायीले हाल विहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा भने ग्यारेजमा शुल्क तिरेर राख्नुपर्ने बाध्यता छ । 
कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीनदेखि चारहजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका थिए ।