९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

खोकनाका किसानलाई धान भित्र्याउने चटारोः उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो

खोकनाका किसानलाई धान भित्र्याउने चटारोः उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो
अ अ+ अ-

काठमाडौँ । तिहार शुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धानबाली भित्र्याउने चटारो छन् ।

मंसिर लाग्न नपाउँदै धानबाली पाकेपछि काठमाडौं, ललितपुर र भक्तपुरका किसान यतिबेला व्यस्त छन् । तिहारअघि नै धान बाली भित्र्याउने चटारो उपत्यकाका किसानलाई छ । मौसममा सुधार आएसँगै ललितपुर खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । गत असार–साउनमा रोपेको धान समयअगावै पाकेकाले खोकनाका किसानहरु तिहारअघि धान भित्र्याउन व्यस्त भएका हुन् ।

खोकनाका किसानले खेतमा पोखरेली, ताइचिन र मसिनो धानको खेती गरेका छन् । ललितपुर महानगरपालिका भित्र पर्ने खोकनाका अधिकांश मानिसहरु कृषिमा आश्रित छन् । तर काठमाडौँ–निजगढ द्रुतमार्ग लगायत सरकारले आवास क्षेत्र घोषणा गरेसँगै धानखेती कमी हुँदै आएको खोकनाका किसान बताउँछन् । सरकारले आवास क्षेत्र घोषणा गरेकाले धान खेती गरेपनि समय बीउ सरकारले दिन छाड्ेको गुनासो गरे ।

किसानहरुले विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएकाले भविष्यमा आफ्नै उब्जनीको खान नपाउने अवस्था आएको बताए । विगतका वर्षहरुमा तिहारपछि धानबाली भित्र्याउने गर्दथे । यो वर्ष समयअगावै धान पाकेकाले धान भित्र्याउने चटारो रहेको किसान बताउँछन् । ललितपुर खोकनामा किसान सद्धिचरण डंगोलले विगतको भन्दा उत्पादनमा कमी आएको बताउनु भयो ।

उहाँले विगतमा प्राङ्गरिक मल हुँदा धान बाली राम्रो हुने गरेको तर अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न नसकेको बताउनु भयो । उहाँले खेती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेतीगर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,‘विगतको भन्दा उत्पादनमा कमी आएको छ । विगतमा प्राङ्गरिक मल हुँदा धानका बाला राम्रो लाग्थ्यो । अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न सकेको छैन । पहिला खेतीपती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेतीगर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन गाह्रो मान्ने गरेको छ । विगतको भन्दा मानिसहरुको बस्ती भएकाले धेरै खेतीयोग्य जमिन छैन ।’

ललितपुर बुङमतिका किसान रामचन्द्र महर्जनले अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्नु गलत भएको बताउनु भयो । उहाँले अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको अवस्थामा उत्पादन हुने क्षेत्रलाई आवास क्षेत्र बनाउन नहुने बताउनु भयो । उहाँले अहिले विगतको तुलनामा पछिल्लो समय धान उत्पादनमा कमी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्न थाल्यो भने के खाएर बस्ने हो । अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको छ । महंगी बढेको छ । चार रोपनीमा धान फलाएको छु । विगतको तुलनामा धान फल्न सकेको छैन । सरकारले समयमा मलको उपलब्ध नगराउँदा उत्पादन बढ्नेको छैन ।’

ललितपुर बुङमतिका अर्का किसान रामकृष्ण महर्जनले पनि विगतको तुलनामा धान उत्पादन कमी आएको बताउनु भयो । उहाँको रासायनिक मल नपाउँदा धान उत्पादन कमी भएको भनाई थियो । ललितपुर खोकनामा सानु डंगोलले पनि विगतको तुलनामा अहिले रासायनिक मलको मात्रै भर पर्दा धान उत्पादन कमी आएको बताउनु भयो ।

समय अगावै धान पाकेकोले अहिले भक्तपुर,ललितपुर र काठमाडौंका किसानले धानबाली काटिसकेका छन् । दशैँ मनाएसँगै धान भित्र्याउने चटारोले अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ ।