२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली च्याउ खाँदा पाँचजना बिरामी



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी परेका छन् । शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गली च्याउन खाँदा दुम्कौलीकी २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी, नौ वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेशी शाहले जानकारी दिनुभयो ।

बिरामीको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताउँदै अहिले सबैको अवस्था सामान्य रहेको शाहले उल्लेख गर्नुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस