१२ श्रावण २०८३, मंगलवार
,
Latest
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली च्याउ खाँदा पाँचजना बिरामी



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी परेका छन् । शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गली च्याउन खाँदा दुम्कौलीकी २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी, नौ वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेशी शाहले जानकारी दिनुभयो ।

बिरामीको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताउँदै अहिले सबैको अवस्था सामान्य रहेको शाहले उल्लेख गर्नुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस