५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी नियमनका लागि सरकार नियन्त्रित प्राधिकरण गठन हुन्छः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारी नियमनका लागि छुट्टै प्राधिकरण गठन गर्न नसकिने बताउनुभएको छ ।

मन्त्री अधिकारीले सहकारी नियमन र सुपरीवेक्षणका लागि सरकार नियन्त्रित प्राधिकरण बनाउने निष्कर्षमा आफूहरु पुगेको बताउनुभएको हो ।

आईतवार ललितपुरमा आयोजित ‘सहकारी सवालसम्बन्धि नीति संवाद’ कार्यक्रममा बोल्दै उहाँले विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरणहरुले सरकारलाई अपm्ठ्यारोमा पार्ने गरेको दृष्टान्तलाई मध्यनजर राखेर सरकारले सहकारी नियमनका लागि सरकार नियन्त्रित प्राधिकरण बनाउने टुंगोमा पुग्नुपरेको पनि स्पष्ट पार्नुभयो । मन्त्री अधिकारीले सो प्राधिकरण गठनसम्बन्धि प्रश्ताव केही दिनभित्रै मन्त्रीपरिषदमा पेश गर्न लागिएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब प्राधिकरणहरुको अवस्था पनि हेरिएको छ । विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरणलगायतका विभिन्न प्राधिकरणहरु छन् । यिनले गरेका कार्यशैली, सरकार र यिनमा भएका भिन्नता र अपm्ठ्यारा यसलाई पनि मध्यनजर राखेर अगाडि जानुपर्छ । त्यसकारण छुट्टै प्राधिकरण बनाउने कुरा भन्दा सरकार नियन्त्रित प्राधिकरण बनाउनुपर्छ भन्ने भन्ने कुराको टुंगोमा हाम्रो मन्त्रालय पुगेको छ ।’

मन्त्री अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि एकीकृत खालको सुझाव दिन पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो । उहाँले सहकारी मुलुकको आर्थिक क्षेत्रको विकासको मूल्य खम्बा भएपनि यसलाई केहीले खराव नियतका साथ बदनाम गराउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।