२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ ।

गैरआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजत गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताउनुभएको हो । “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनिसकेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

गैरआवासीय नेपाली सङ्घको छविलाई कायम राखी सङ्गठनलाई एकताबद्ध राख्दै साझा हितका लागि काम अनुरोध गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारका तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप हुँदैन, निष्पक्ष भई स्वतन्त्र रुपमा काम गर्नुहोस, सहयोग गर्न सरकार तयार छ ।”

उहाँले भन्नुभयो, “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । त्यसैगरी सभामुख, प्रधानन्यायाधीशजस्ता पद साझा हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।”

आफू सन् १९९९ मा मस्को जाँदा डा उपेन्द्र महतोसँग गैरआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन कुनै कञ्जुस्याइँ नगर्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जिम्मेवार नेताबाट हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनी धम्कीपूर्ण भाषा प्रयोग हुनथाल्नु देश र जनताका लागि दुःखद् भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।