२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा फेरी रेकर्ड, तोलाको कति पुग्यो?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रूपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो रेकर्डमा सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार भने सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रूपैयाँले बढ्दैदुई हजार ८५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।