१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन



file photo
अ+ अ-

बागमती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए । रासस