• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

भारतीय नागरिकता दिने वडाध्यक्ष धरौटीमा रिहा



कैलाली । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् । वंशजका आधारमा भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा पक्राउ परेका वडाध्यक्ष जोशी रु २५ हजार धरौटी बुझाएर छुटेका हुन् । जिल्ला अदालत कैलालीमा सोमबार भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी रु २५ हजार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । 

जोशीले धनगढी उपमहानगरपालिका–१२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुबा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले जोशीलाई नागरिकता ऐन, २०६३ बमोजिम कारबाही गर्न राय दिएको थियो ।

नक्कली विवरण बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका रु ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जनाइएको छ ।