१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौः प्रचण्ड

हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौः प्रचण्ड
photo:rss
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको पनि दोहोर्याउनु भयो । शनिवार काठमाडौंमा पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै उहाँले सडकबाट सरकार फेर्ने भन्ने काँग्रेस—एमाले नेतृत्वको सरकारलाई परेको भए त्यो भ्रममात्रै हुने पनि बताउनु भयो ।

ढुक्कसँग सरकार चलाए हुने अध्यक्ष दाहालको भनाई थियो । उहाँले काँग्रेस–एमालेलाई बेइमान, भ्रष्ट, विचौलियाहरुको पार्टी भएको आरोप लगाउँदै अब प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको पनि बताउनु भयो । सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरुले सरकारलाई खवरदारी गरेको जिकिर गर्दै अध्यक्ष दाहालले त्यसमा तलमाथि भए सैह्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले सरकार हटाउनका लागि यो खबरदारी सभा गरिएको होइन । हामीलाई राम्रोसँग थाहा छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति हामी के जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने कुरा हामीलाई गहिरोगरी बोध छ । बरु हामीले यो खवरदारी सभाको घोषणा गर्ने बित्तिकै सत्ता पक्षमा जुन आतंक देखा प¥यो । सरकार आजै ढल्छ, भोली ढल्छ हामीले भनेका छैनौं । उहाँहरुले भन्नुभएको छ । खवरदार तपाईहरु सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानु होला । अझ बढी भ्रष्टाचारीहरुको संरक्षणतिर नजानु होला । हामी यो खवरदारी तपाईहरुलाई भन्न चाहन्छौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको संविधान माओवादी केन्द्रको मुख्य त्याग र बलिदानको जगमा, उसको संघर्षको जगमा बनेको छ । यसमा कहीँकतैबाट आघात नपुगोस भन्ने भन्ने कुरामा हामी सबभन्दा बढी गम्भिर र जिम्मेवार छौं । त्यसकारण हामीले यो खवरदारी सभा नगर्ने हो, सरकारको बेथिति र भ्रष्टाचारी गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । अराजकतावादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरुले टाउको उठाउने खतरा पैदा हुन्छ । त्यसकारण हामीले संविधानको रक्षाको निम्ति, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति यो देशका जनताले जेजति उपलब्धि संविधानसभाबाट पाएका छन । त्यसको रक्षा र अझ त्यसको परिमार्जन गर्नका लागि हामीले आन्दोलनमा जानका लागि जरुरी ठानेका छौं ।

तपाईहरुले यो भ्रम कि माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गरेको भन्ने बुझ्नुभएको छ भने तपाईहरु भ्रममा हुनुहुन्छ । त्यो भ्रम नपाल्नु । बरु माओवादीलाई के चिन्ता भएको छ भने, हामीले के समिक्षा गरेका छौ भने तपाईहरुजस्ता पार्टीहरु जो यो देशका दलाल, पुँजीपती र विचौलिया, भ्रष्टहरुको प्रतिनिधिको रुपमा रहनुभएको छ । हामीले केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्यौँ भन्ने परेको छ हामीलाई । हामीले तपाईहरुसँग समिकरण गरेर गल्ती ग¥यौ । तपाईहरुको रोग हामीलाई पनि सर्यो भन्ने चिन्ता छ ।

हामी गम्भिर आत्मासमिक्षामा छौं । त्यसकारण तपाईहरु हामीसँग ढुक्क भएहुन्छ–अब तपाईहरुसँग समिकरण गरौँ, हामीलाई मन्त्री बनाईदिनुस, प्रधानमन्त्री बनाईदिनुस भनेर आउने छैनौं । मैले त बरु प्रतिनिधिसभामा पनि र अहिले जनताको बीचमा पनि भनिराखेको छु–तपाईहरुलाई धन्यवाद । हामी अलिअलि बिग्रन थालेका थियौ । हामी अलिअलि जनताबाट कट्न थालेका थियौँ । हामी प्रतिक्रियावादीहरुसँग हिँडदाहिँडदा उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो ।

तपाईहरुले हामीलाई बेलैमा निकाल्न दिनुभयो । र जनतातिर फर्काई दिनु भयो । त्यसकारण हामी तपाईहरुलाई धन्यवाद भनिराखेका छौं । तपाईहरुले मेरो यो भनाईलाई हल्का रुपमा नलिनु होला । मैले निकै गम्भिर रुपले भनेको छु । हामीले पार्टी केन्द्रमा गम्भिर रुपले आत्मासमिक्षा गरेका छौं । यस्ता भ्रष्ट पार्टीहरु, यस्ता भ्रष्ट र जाली नेताहरुसँग सँग लागेर माओवादी पनि कता कता, के हो, के हो भन्ने जनतालाई परेको थियो । अब हामी जनतातिर फर्केर आत्माआलोचना गर्दै आत्मसमिक्षा गर्दै जनतासँग हामी भन्ने छौं–हामी तपाईकै छोराछोरी थियौं ।

हामी जाली फटाहासँग हाल्दा केही बिग्रियौं । हामी अव सच्चिन चाहन्छौं । र, तपाईहरुको मुक्ति नहुँदासम्म हामी लडिरहन्छौं भन्न पाएका छौं । त्यसकारण तपाईहरुले ढुक्कसँग सरकार चलाए हुन्छ । तपाईहरुसँग मिलेर फेरी माओवादी आउँछ कि भनेर टेन्सन नलिए हुन्छ । तर हामीले भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक विकासको पक्षमा इमान्दारिताका साथ काम गर्दै थियौं ।

नेपालको इतिहासमा युगान्तकारी केही कामको रेडर्क हामी बनाउँदै थियौं । छिमेकीहरुसँगको सम्बन्धमा इतिहासमा नै हामी माथि पु¥याएका थियौं । तपाईहरु ढुक्क बस्नुहोस– माओवादीले फेरि काँग्रेस फकाउला, माओवादीले फेरि एमाले फकाउला । फेरि हामीलाई हटाउला भन्ने चिन्ताबाट मुक्त बस्नुहोस् । म यो कुरा बडो गम्भिर ढंगले राख्न चाहन्छु । ’

अध्यक्ष दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गर्नुभयो । काँग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उहाँको भनाई थियो । अध्यक्ष दाहालले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर काँग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिन चाहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामीले पहिले नै भनेका छौं–अव हामी चुनाव तपाईहरुजस्ता बेइमान, भ्रष्ट विचौलियाका प्रतिनिधि पार्टीसँग मिलेर लड्ने छैनौं । जति ल्याएपनि एक्लै लड्ने छौं । हामीले २०६४ मा एक्लै लडेको हो । र, देशको सबैभन्दा ठूलो पार्टी भएको हो । हामीले बिचमा केही गल्ती ग¥यौं । जनतासँगको सम्बन्ध जति बलियो बनाउनु पर्दथ्यो, कमजोर भयो । हामी त्यो गल्ती सच्याउन चाहन्छौं । हामी जनतातिर फर्किन चाहन्छौं । अस्ती चितवनको एउटा कार्यक्रम भएको थियो । माओवादी फेरि एक हुन्छ । र, एक्लै चुनाव लडेर काँग्रेस र एमाले जस्ता बेइमान र भ्रष्ट पार्टीहरुलाई उचित सजाय जनताकै तहबाट दिईन्छ । ’

अध्यक्ष दाहालले माओवादी धारका अन्य राजनीतिक दलहरुसँग एकता गरेर आफनो पार्टीले आगामी निर्वाचनमा जाने तयारी गरेको पनि बताउनु भयो ।