१० कार्तिक २०८१, शनिबार
,
Latest
नेपाली जहाँ पुुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको मौन प्रदर्शन – फोटोफिचर ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’ अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस् रुसले युक्रेनमा फेरि आक्रमण गर्यो, पाँच जनाको मृत्यु एल क्लासिको आज, रियल र बार्सिलोना आमनेसामने हुँदै इजरायलद्वारा इरानमा क्षेप्यास्त्र आक्रमण नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि प्रविधि, ज्ञान र वित्तमा जोड दिनुपर्दछः न्यायाधीश प्रधान जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण



अ+ अ-

जुम्ला । यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् ।

तिला–६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले पुल निर्माणपछि वडामा सवारी साधनको पहुँचमा भएको छ । उहाँले भन्नुभयो, “पुल सञ्चालनमा आएपछि सो गाउँपालिकाका १३ वटा गाउँबस्ती एकसाथ राष्ट्रिय सडक सञ्जालसँग जोडिएको वडाध्यक्ष रोकायाको भनाइ छ ।” अब पुल निर्माण भई सञ्चालनमा आएपछि यहाँका दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज पुग्ने तिला–९ का स्थानीयवासी खड्का रावतले बताउनुभयोे ।

पुल नबन्दा ग्रामीण भेगका सडक प्रयोगविहीन भएका थियो । अब पुल बनेपछि सवारी साधन चल्ने र जोखिमपूर्ण यात्राबाट मुक्त भएको तिला–९ का वडाध्यक्ष धनबहादुर रावतले बताउनुभयो । वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । पुल सञ्चालनमा आएसँगै गाउँसम्म यतायातका साधन पुग्ने भएका छन् । यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभया ।

विसं २०७८ मा सडक डिभिजन कार्यालय जुम्लासँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण भएको ठेक्का लिएको निर्माण कम्पनीका प्रबन्धक सुनम खड्काले बताउनुभयो ।

सङ्घीय सरकारअन्तर्गतको सडक विभागको रु १४ करोड बजेटको लागतमा पुल निर्माण भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइ रहेकोे छ । तिला नदीमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी, स–साना विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज भएको तिला गाउँपालिकाले जनाएको छ ।

पुल निर्माण नहुँदा गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था रहेको थियो । अब पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै राहत पुगेको तिलाका स्थानीयवासी बताउँछन् । गाउँपालिका सो वडाहरु भौगेलिकरूपमा विकट मानिन्छन् । रासस