२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिजअघि नै कमायो १०८५ करोड



अ+ अ-

एजेन्सी । ‘पुष्पाः द राइज’का लागि अल्लु अर्जुनले उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेर नयाँ कीर्तिमान बनाएका छन् । अब उनी ‘पुष्पा २ः द रुल’बाट बक्स अफिसमा राज गर्ने तयारीमा छन् र यसरी यो फिल्म चर्चाको विषय बनेको छ ।

यसैबीच, फिल्मले रिलिज अगावै १०८५ करोडको ठूलो कलेक्सन गरिसकेको छ ।

यो शानदार उपलब्धि एक कीर्तिमान तोड्ने सम्झौता हो र यसलाई भारतमा बनाइएको सबैभन्दा आकर्षक चलचित्र सम्झौताहरू मध्ये एक मानिन्छ ।

रिपोर्टका अनुसार थिएटर राइट्स ६४० करोड भारुमा बेचिएको छ । यससँगै, फिल्मले ठूलो डिजिटल सम्झौतामा हस्ताक्षर गरेको छ, जसमा नेटफ्लिक्सले २७५ करोडमा राइट्स खरिद गरेको छ ।

फिल्मको समग्र प्रि–रिलिज व्यापारलाई हेर्दा यो फिल्मले आन्ध्र प्रदेश र तेलंगानामा २२० करोड, उत्तर भारतमा २०० करोड, तमिलनाडुमा ५० करोड कर्नाटकमा ३० करोड, केरलामा २० करोड र विदेशी बजारहरूमा १४० करोड कमाएको छ ।

यसबाहेक, म्युजिक राइट्स ६५ करोड रुपैयाँमा र स्याटेलाइट राइट्स ८५ करोड रुपैयाँमा बिक्री गरिएको छ । चलचित्रले आफ्नो गैर–थिएटर अधिकारबाट ४२५ करोड कमाएको छ ।

यो फिल्म ५ डिसेम्बर २०२४ मा विश्वभरका थिएटरहरूमा रिलिज हुँदैछ । यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् भने मिथ्री मुभि मेकर्सले निर्माण गरेको हो । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिल मुख्य भूमिकामा छन् । चलचित्रको संगीत टी–सिरिजले दिएको छ ।