८ कार्तिक २०८१, बिहीबार
,
Latest
सरकार विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछः माओवादी खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँः स्वास्थ्यमन्त्री पौडेल चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जादैँ रास्वपाबाट भइरहेका गतिविधिप्रति एमालेको गम्भीर ध्यानाकर्षण यी हुन् संसारका सबैभन्दा खतरनाक ४ ठाउँ, जहाँ जान डराउँछन् मानिस नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विकासमा तीव्रता दिनुपर्छः शेखर कोइराला



file photo
अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राख्नुभयो । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उहाँको भनाइ थियो । नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राख्नुभयो ।

दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उहाँले स्पष्ट पार्नुभयो । नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्ने उहाँको धारणा थियो ।