४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्यो

सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्यो
अ+ अ-

पोखरा । सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफुहरुको सङ्घर्षलाई दबाउन खोजेको बताएका छन् ।

बुधवार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको सङ्घर्षलाई दबाउन खोजेको बताएका हुन् । आफूहरु सहकारीको वचत रकम फिर्ताको मागसहित आन्दोलित भएको भन्दै उनीहरुले रास्वपाले समेत सोही नारा बोकेर पीडितहरुको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी संस्थाका वचत पीडित गोकर्ण बरुवालले आफूहरु वचत रकम फिर्ताको मागसहित आन्दोलित भएको बताउनु भयो । उहाँले रास्वपाले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि सहकारी पीडितको आवाज बोलेजस्तो गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो – ‘वचत पीडितहरु वचत फिर्ताको माग गरी आन्दोलित भएको हो । वचत रकम फिर्ताको लागि आन्दोलन गर्दा दबाउनुपर्ने के छ ? आन्दोलनलाई दबाउँदाखेरी उहाँहरुको राजनीतिक नारा बलियो हुने हो ? उहाँहरुको राजनीतिक स्वार्थ पूरा गर्ने हो ? हाम्रो राजनीतिक स्वार्थको अभियान होइन । हामी सबै राजनीतिक विचारधाराहरुको संयुक्त रुपमा रहेका साथीहरुको वचत रकम फिर्ता गर्ने अभियान मात्र हो ।

रास्वपाले पनि हाम्रो नारा बोकेर आएको छ । तर उहाँहरुको नारा र हाम्रो वचतकर्ता साथीहरुको नाराको भावनामा फरक छ । उहाँहरु हाम्रो भावनामाथि खेलवाड गर्न चाहनुहुन्छ । हामीहरु कसैको पनि भावनामा खेलवाड नगरिकन रकम फिर्तासँग मात्र सम्बन्धित छ ।’

सूर्यदर्शन वचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले आफूहरु कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको भन्दै आफूहरुले वचत फिर्ताको माग राखेर आन्दोलन गरिरहेको बताउनु भयो । उहाँले आफूहरुको वचत छिटोभन्दा छिटो फिर्ता गराउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सहकारीमा प्रतिवादी कायम भएर अनुसन्धान गर्ने विषयमा रवि लामिछानेलाई प्रक्राउ गरेर जब कास्की ल्याइयो । पोखरामा जुन प्रदर्शन गरिएको छ, यो समय र सन्दर्भ नमिलेको भन्ने हाम्रो बुझाई छ । यो संघर्ष र प्रदर्शन कुनै औचित्य नभएको भन्ने हाम्रो ठम्याइ छ । हामी कुनै राजनीतिक पार्टीसँग आवद्ध छैनौँ । हामी नितान्त हाम्रो वचत फिर्ता होस् भन्ने विषयमा मात्रै केन्द्रित छौँ । सरकारले हाम्रो वचत छिटोभन्दा छिटो फिर्ता गराओस् ।’

सूर्यदर्शन सहकारी वचत पीडित सङ्घर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पक्राउ पर्न बाँकी रहेका सहकारी ठगहरुलाई तुरुन्त पक्राउ गर्न माग गर्नुभयो । उहाँले उनीहरुको सम्पत्ति लिलामी गरेर वचत फिर्ता गराउनका लागि आफूहरुले सरकारलाई दबाब दिइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो माग सम्पूर्ण अपराधि, ठगहरुलाई पक्राउ गर्नुपर्यो । पक्राउ गर्न बाँकी ठगहरुलाई छिटोभन्दा छिटो सरकारले पक्राउ गर्नुप¥यो । अनि हाम्रो वचत पीडितहरुको रकम जसरी पनि फिर्ता गर्नुप¥यो । उनीहरुको जग्गा, जमिन लिलामी गरेर भएपनि वचत फिर्ता गर्न शुरु गर्नुपर्यो । हाम्रो दबाब त्यो हो ।’

त्यसैगरी सूर्यदर्शन सहकारी वचत पीडित प्रेमप्रसाद रेग्मीले बाहिरी जिल्लाबाट पोखरामा आएका रास्वपाका कार्यकर्ताले सहकारी पीडितको घर–घरमा पुगेर आश्वासन दिइरहेका भन्दै खेद व्यक्त गर्नुभयो । उहाँले रास्वपा कार्यकर्ताले आफ्नो सभापति अनुसन्धानमा तानिएपछि मात्रै सहकारी पीडितको न्यायको लागि बोलेर आफूहरुको सङ्घर्षलाई अन्तै मोड्ने काम गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘रास्वपाका व्यक्तिहरु बाहिरी जिल्लाबाट आएर पीडितलाई आश्वासन दिने, संघर्षलाई अन्त मोड्ने काम गर्नुभएको छ । त्यो गलत छ । रास्वपा सभापति अनुसन्धानमा तानिएपछि मात्र उहाँहरुले सहककारी पीडितलाई न्याय दे भन्नु खेदजनक छ । कानूनले के भन्छ त्यता सहयोग गर्नुस् ।’

उहाँले कानूनअनुरुप सहयोग गर्न रास्वपा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।