४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश हुन्छः महान्यायाधिवक्ता बडाल

संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश हुन्छः महान्यायाधिवक्ता बडाल
अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी (हिउँदे) अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश गर्ने बताउनुभएको छ ।

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र अदालतलाई पनि न्याय निरुपणमा सहयोग गर्न महान्यायाधिवक्ताको कार्यालयले सो संहिता संशोधनका लागि संघीय संसदमा पेश गर्ने प्रक्रियामा अघि बढाइएको उहाँको भनाई थियो ।

बुधवार बिगो निर्धारण सम्बन्धि कार्यविधि, २०८१ को प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने क्रममा महान्यायाधिवक्ता बडालले विगो निर्धारण सम्बन्धि मुद्दामा अदालतलाई पनि मार्गनिर्देश गरोस भनेर आफूहरुले सो कार्यविधिको मस्यौदा तयार पारी प्रारम्भिक छलफल अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘फौजदारी कार्य विधि संहिता, अपराध संहितामा हामी संशोधनको प्रक्रियामा छौं । र केही समय पछाडि हिउँदे अधिवेशन भित्रको अवधिसम्ममा त्यसमा संशोधनको प्रस्ताव पार्लियामेण्टमा गईसक्नुपर्छ भन्ने हामीलाई लागेको छ । हामीले कानून मन्त्रालयसँग त्यही अनुसारको रिक्वेस्ट पनि गरेका छौं । त्यो बेलासम्म यदि हामीहरुले यसलाई कन्सल्टेड गरेर लिएर जान सकियो भने, यसको पार्ट पनि हामीले ऐनमा राख्न सक्ने हो भने अहिले हामीले अनुसन्धान र अभियोजनको विषयमा मात्रै बोलेका छौं भने अब न्याय निरुपणमा पनि त्यो जोडिन्छ ।

महत्वपूर्ण पार्ट त न्याय निरुपणसँग पनि सम्बन्धित छ । अदालतलाई हामीले न डिक्टेड गर्नसक्छौं, न यसो गर्नुस् भनेर भन्नसक्छौं । हामीले गर्नसक्ने भनेको अनुसन्धान र अभियोजनमा मात्रै हो । ऐनमा राखियो भने त्यसले अदालतमा पनि प्रभाव पार्छ । अदालतलाई समेत त्यसले मार्गदर्शन गर्न सकोस् भन्ने कुरालाई दिमागमा राख्ने हो भने ऐनमा यसको केही पार्ट आउनुपर्ने अवस्था पनि हुन्छ । त्यसमा पनि हामीहरु क्रियाशील हुने नै छौं । ’

कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विगो निर्धारण गर्दा निर्माण कम्पनीहरुको कारोबार रकम कटौति गरेर मात्रै निर्धारण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले निर्माण कम्पनीहरुले कारोबार गरेको रकम समेत जोडेर विगो तिर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी सो सम्बन्धि कार्यविधि बनाउनुपर्ने आवश्यकताा औंल्याउनु भयो ।

अध्यक्ष घिमिरेले भन्नुभयो, ‘विशेष गरी यो कन्ट्रक्सनसँग सम्बन्धित मुद्दाहरुमा सबै विगो बनेर आउँछ । व्यक्तिले काम गरिसकेको छ । त्यो काम गरिसकेको कुरा पनि विगोमा आउँछ । एक त उसको पैसा गईसक्यो । त्यो खर्च भएको पैसा समेत जोडेर विगो बनेर आएको अवस्थाहरु छ । यसमा ख्याल गर्नुपर्दछ । त्यसले गर्दाखेरी जे कारोबार अंक हो, त्यसलाई कटाएर विगो निर्धारण गरिनुपर्छ भन्ने लाग्छ ।’

कार्यक्रममा बोल्दै अपराध अनुसन्धानका क्षेत्रमा कार्यरत निकायका प्रतिनिधिहरुले विगो निर्धारणको कामलाई समसामयिक बनाउनुपर्नेमा जोड दिएका थिए ।