१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्डिपत्लाले हस्ताक्षर गर्नुभएको छ ।

यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको बिभित्र बैकिङ्ग सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

आईसीआईसीआई बैंक क्यानाडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । आईसीआईसीआई बैंक क्यानाडाले क्यानाडा बैंकिङ्ग ऐन अन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारेबार गर्दै आइरहेको छ । थप जानकारीका www.icicibank.ca लागि मा हेर्न सकिन्छ ।