३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो त्रैमासमा कुन बैंकले कति नाफा कमाए ?



अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले नाफा बढाएका छन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आव प्रथम त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । जुन गत आव प्रथम त्रैमासमा १३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ नाफा थियो। अघिल्लो आवको तुलनामा यस आवको पहिलो त्रैमासमा बैंकहरुको नाफा समग्रमा २०.१७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । नविल बैंकले २ अर्ब ५ करोड ५६ लाख नाफा कमाएको हो । जुन ३९.९७ प्रतिशतले नाफा वृद्धि भएको हो । अघिल्लो आवको सो अवधिमा १ अर्ब ४६ करोड ९३ लाख नाफा कमाएको थियो ।

ग्लोबल आईएमईको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घट्दा नाफा भने २३.३६ प्रतिशतले बढेको छ । बैंकले पहिलो ३ महिनामा १ अर्ब ५१ करोड २१ लाख नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब २२ करोड नाफा कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पहिलो ३ महिनामा १ अर्ब ४६ करोड ४० लाख नफा कमाएको छ भने प्राइम कमर्सियल बैंक १ अर्ब २८ करोड ६७ लाख नाफामा छ ।

एनएबि बैंकले पहिलो ३ महिनामा १ अर्ब १४ करोड ५६ लाख, कुमारीले १ अर्ब ७ करोड ८१ लाख नाफा कमाएको छ । प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख नाफा कमाएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख नाफा कमाएको छ ।

यस्तै, नेपाल एसबिआईले ८१ करोड ४६ लाख नाफा कमाएको छ भने हिमालयन बैंकले ७२ करोड ६४ लाख नाफा कमाएको छ ।
नेपाल बैंकले ६० करोड २१ लाख नाफा कमाउँदा लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख नाफा कमाएको छ ।

पहिलो ३ महिनामा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख नाफा कमाएको छ भने सानिमा बैंकले ३९ करोड ९५ लाख नाफा कमाएको छ ।

पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले १५ करोड नाफा कमाएको छ भने एनआईसी एसिया बैंकले ११ करोड ५ लाख नाफा कमाएको छ । यस्तै, सिद्धार्थ बैंकले ३८ करोड २० लाख, सिटिजन्स बैंकले २४ करोड ६ लाख र कृषि विकासले १९ करोड ९ लाख नाफा कमाएको छ ।