७ कार्तिक २०८१, बुधबार
,
Latest
सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्यो संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश हुन्छः महान्यायाधिवक्ता बडाल सरकारको समीक्षा जनताले गर्छन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कीर्तिपुर मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणको काम शुरु भएको छः प्रधानमन्त्री ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर युक्रेनमा ‘लडाइँ नबढाउन’ चीनको जोड राष्ट्रपति पौडेलसँग विपक्षी दलका नेताहरूको भेट ‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो त्रैमासमा कुन बैंकले कति नाफा कमाए ?



अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले नाफा बढाएका छन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आव प्रथम त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । जुन गत आव प्रथम त्रैमासमा १३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ नाफा थियो। अघिल्लो आवको तुलनामा यस आवको पहिलो त्रैमासमा बैंकहरुको नाफा समग्रमा २०.१७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । नविल बैंकले २ अर्ब ५ करोड ५६ लाख नाफा कमाएको हो । जुन ३९.९७ प्रतिशतले नाफा वृद्धि भएको हो । अघिल्लो आवको सो अवधिमा १ अर्ब ४६ करोड ९३ लाख नाफा कमाएको थियो ।

ग्लोबल आईएमईको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घट्दा नाफा भने २३.३६ प्रतिशतले बढेको छ । बैंकले पहिलो ३ महिनामा १ अर्ब ५१ करोड २१ लाख नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब २२ करोड नाफा कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पहिलो ३ महिनामा १ अर्ब ४६ करोड ४० लाख नफा कमाएको छ भने प्राइम कमर्सियल बैंक १ अर्ब २८ करोड ६७ लाख नाफामा छ ।

एनएबि बैंकले पहिलो ३ महिनामा १ अर्ब १४ करोड ५६ लाख, कुमारीले १ अर्ब ७ करोड ८१ लाख नाफा कमाएको छ । प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख नाफा कमाएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख नाफा कमाएको छ ।

यस्तै, नेपाल एसबिआईले ८१ करोड ४६ लाख नाफा कमाएको छ भने हिमालयन बैंकले ७२ करोड ६४ लाख नाफा कमाएको छ ।
नेपाल बैंकले ६० करोड २१ लाख नाफा कमाउँदा लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख नाफा कमाएको छ ।

पहिलो ३ महिनामा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख नाफा कमाएको छ भने सानिमा बैंकले ३९ करोड ९५ लाख नाफा कमाएको छ ।

पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले १५ करोड नाफा कमाएको छ भने एनआईसी एसिया बैंकले ११ करोड ५ लाख नाफा कमाएको छ । यस्तै, सिद्धार्थ बैंकले ३८ करोड २० लाख, सिटिजन्स बैंकले २४ करोड ६ लाख र कृषि विकासले १९ करोड ९ लाख नाफा कमाएको छ ।

 




भर्खरै