२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएल राहुलको बचाउ गर्दै गौतम गम्भीरले भने – सामाजिक सञ्जालले प्लेइङ–११ तय गर्दैन



अ+ अ-

एजेन्सी । भारतीय प्रशिक्षक गौतम गम्भीरले केएल राहुलको बचाउ गर्दै टोलीको प्लेइङ–११ सामाजिक सञ्जालबाट तय नहुने बताएका छन् ।

सामाजिक सञ्जाल विशेषज्ञहरूले के सोच्छन् त्यो महत्त्वपूर्ण नरहेको भन्दै व्यवस्थापनले के सोचेको छ त्यो महत्त्वपूर्ण हुने उनको भनाई छ । मुख्य प्रशिक्षकले यो पनि भने कि व्यवस्थापनले केएल राहुललाई समर्थन गर्नेछ ।

अक्टोबर २४ देखि पुणेमा हुने दोस्रो टेष्टअघि गम्भीरले मिडियासँग कुरा गर्दै थिए । उनलाई केएल राहुलको चयनको बारेमा सोधिएको थियो । बेंगलुरु टेस्टको २ इनिङ्समा राहुलले १२ रन मात्र बनाउन सके ।

पहिलो इनिङ्समा उनी शून्य रनमा आउट भएका थिए र भारतीय टोलीले त्यो खेल ८ विकेटले गुमाएको थियो ।
यसपछि सामाजिक सञ्जालमा केएल राहुलको आलोचना भइरहेको छ ।

ऋषभ पन्तको फिटनेसको बारेमा सोधिएको प्रश्नमा गम्भीरले उनी एकदम ठिक रहेको र भोलि विकेटकिपिङ गर्ने बताएका छन् ।

बेंगलुरु टेस्टका क्रममा पन्तको दाहिने घुँडामा बल लागेपछि उनले मैदान छाड्नुपरेको थियो । पन्तको स्थानमा ध्रुव जुरेलले विकेटकिपिङ गरेका थिए ।

न्यूजिल्याण्डसँगको ३ टेस्टको शृङ्खलामा भारतीय टोली १–० ले पछि छ । अक्टोबर १६ यता बेंगलुरुमा भएको पहिलो खेलमा टोली ८ विकेटले पराजित भएको थियो ।