९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको मुनाफा २३.३६ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा २३.३६ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशिका र सुधारिदै गएको कर्जाको कारण बैंकले प्रोभिजनिङ घटाउदा मुनाफामा सुधार देखिएको हो ।

तीन महिनामा बैंकले एक अर्ब ५१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब २२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले तीन महिनामा ४ अर्ब ११ करोड खुद व्याज आम्दानी गरेको छ ।

समिक्षा अवधिमा बैंकले ५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । तीन महिनाको अवधिमा ५.२३ प्रतिशतले निक्षेपमा सुधार हुँदा कर्जा विस्तार ७.५५ प्रतिशतले भएको छ ।

सर्वाधिक धेरै चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २४ अर्ब ६८ करोड रुपैयाँ जम्मा भइसकेको छ । प्रतिशयर आम्दानी १६.७४ रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ।

असोज मसान्तसम्ममा १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ।