७ कार्तिक २०८१, बुधबार
,
Latest
‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँः प्रधानमन्त्री सरकारको सय दिनः दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता सरकारले कोप—२९ मा जलवायु वित्तलाई प्राथमिकतामा राख्ने रास्वपाले विधिको शासनको अवमूल्यन गर्‍यो – कांग्रेस ढिलासुस्ती र प्रशासनिक झन्झट अन्त्य गर्न नयाँ थालनीः प्रधानमन्त्री ओली शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफलः प्रधानमन्त्री ओली चक्रवात दानाको सामनाको लागि पुर्व तयारीमा भारत सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे प्रधानमन्त्रीबाट सम्बोधन – पूर्णपाठ जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाटो खुलेको २५ वर्षपछि कालोपत्र



Oplus_0
अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–६को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ । बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको हो । बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार यहाँ २०५६ सालमा सडकको सडक निर्माण गरिएको हो ।

सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ । यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०÷८१ मा रु एक करोड ३४ लाख ६६ हजार नौ सय २९ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय २५ मिटर ढलान, सात सय मिटर पानीका निकाका लागि नाली र छ सय मिटर पर्खाल निर्माण भएको छ ।

यो सडकले बेनी नगरपालिका–६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ । साथै, गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले रु १० करोड १६ लाख एक हजार तीन सय ६४ को लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको बेनी–पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो । रासस