६ कार्तिक २०८१, मंगलवार
,
Latest
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण मंसिर १ देखि पुनः सुरु हुने भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाको टोलि परिचालन संघीय निजामती विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छः मन्त्री गुप्ता लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छः रक्षामन्त्री राई विपद्ः २३८ जना मृतकका परिवारलाई राहत रकम वितरण बाढीपहिरो पीडितलाई पाँच करोड आर्थिक सहयोग भारतद्वारा द्वन्द्वग्रस्त प्यालेस्टाइनमा पहिलो चरणको मानवीय सहायता प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु



Representative photo
अ+ अ-

एजेन्सी । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ ।

लेबनानको सबैभन्दा ठूलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी ९एनएनए० ले जनाएअनुसार द्वन्द्वको समयमा जनाहबाट केही मिनेट टाढा रहेको ओजाईमा पहिलोपटक आक्रमण भएको हो ।

तथापि घना जनसङ्ख्या रहेको रफीक हरिरी अस्पताल वरपरको क्षेत्रका लागि कुनै चेतावनी जारी गरिएको थिएन ।

लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायल र हिजबुल्लाहबिच जारी लगभग एक महिनाको युद्धले लेबनानमा कम्तिमा १ हजार ४८९ जनाको ज्यान लिएको छ दश लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।