५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान: आवागमन सुचारु-फोटो फिचर



अ+ अ-

काठमाडौं । सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि आवागमन सुचारु भएको छ ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ७ स्थित खुर्कोट र रामेछापको मन्थली नगरपालिका वडा नं ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाएको थियो ।

अबरुद्ध भएको स्थानमा नेपाली सेनाको टोलीले असोज २० गतेबाट बेली ब्रिज जडान कार्य सुरु गरेको थियो । पुल बगाएर सडक अवरुद्ध भएपछि उक्त पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न ठाँउमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको थियो ।