३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सहकारीको रकम अपचलनमा धनराजमाथि छानबिन कहिले ?

सहकारीको रकम अपचलनमा धनराजमाथि छानबिन कहिले ?
अ+ अ-

काठमाडौं । सरकारले सहकारीको रकम अपचलनमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न आलटाल गरेको छ ।

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले कांग्रेसका उपसभापतिसमेत रहेका सांसद गुरुङमाथि पनि अनुसन्धान गर्न सुझाव दिएको थियो । तर त्यही प्रतिवेदनका आधारमा रवि लामिछानेलाई पक्राउ गरिसक्दा पनि गुरुङमाथि छानबिन हुने सुरसार छैन ।

सत्तारुढको ठूला दल कांग्रेसका उपसभापति भएकाले उनीमाथि छानबिन नभएको दाबी कतिपयको छ । रास्वपाले पनि गुरुङमाथि छानबिन गर्न दबाब दिइरहेको छ । तर राजनीतिको आडमा सहकारीको रकम हिनामिना गर्नेहरु कयौं फरार छन् ।

सहकारीको रकम हिनामिना गर्ने १५ सय ४४ जना फरार छन् । कतिपय खुले आम हिँडिरहे पनि पक्राउ परेका छैनन् । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनुसन्धानका लागि पक्राउ परे पनि ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनसँग जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङमाथिको अनुसन्धानमै आलटाल छ ।

१९ वटा समस्याग्रस्त सहकारीमा अहिले ६० हजार बचतकर्ताको रकम डुबेको छ । यसबाहेक अन्य ३ सय सहकारीका बचतकर्ताले पनि रकम फिर्ता पाउन सकेका छैनन् ।

धनराजले मीनबहादुरसँग लिएका थिए ८२ लाख २७ हजार ऋण

कांग्रेस उपसभापति गुरुङले ललितपुरको मितेरी सहकारीबाट लिएको ऋण तिर्न भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट रकम लिएको भेटिएको छ । कानुनमन्त्रीबाट पदमुक्त भएको दुई महिना नपुग्दै धनराजले मीनबहादुरबाट ६ वटा चेकमार्फत ८२ लाख २७ हजार रुपैयाँ लिएका थिए । धनराज कानुनमन्त्री भएकै बेला पनि मीनबहादुर ललिता निवास जग्गा हिनामिनासहितका विभिन्न अभियोगमा मुद्दा लडिरहेका थिए ।

२०८० वैशाख २१ मा कानुनमन्त्री बनेका धनराज २०८० फागुन २१ सम्म यो जिम्मेवारीमा थिए । त्यतिबेला ललिता निवास प्रकरणमा मीनबहादुरविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको थियो । मीनबहादुरसहित आरोपितविरुद्ध प्रहरीले किर्ते र संगठित अपराधमा अनुसन्धान अघि बढाए पनि संगठित अपराधको कसुर झिकेर किर्तेमा मात्रै मुद्दा चलाइएको थियो ।

अदालतमा मुद्दा खेपिरहेका व्यक्तिसँग कानुनमन्त्री भइसकेका व्यक्तिले ऋण लिनुहुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ । यसबारेमा उनीमाथि छानबिन गर्नुपर्ने देखिएको छ । तर सरकारले आलटाल गर्दै आएको छ ।