१४ भाद्र २०८३, आईतवार
,
Latest
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्मिला चौधरी ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ बाट सम्मानित



अ+ अ-

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” नेपालकी उर्मिला चौधरी समेत विश्वका छ जनालाई प्रदान गरेको छ ।

उक्त अवार्ड वासिङटन डिसीमा आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केनले प्रदान गर्नु भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

चौधरीलाई नेपालमा सीमान्तकृत जाति र जातीय समुदायको अधिकारलाई अगाडि बढाउने र प्रणालीगत जातीय भेदभाव र छरछिमेक दुर्व्यवहार विरुद्ध लड्नको लागि उनको समर्पणको लागि सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।

चौधरी आदिवासी अधिकार रक्षक र लैङ्गिक र श्रम कार्यकर्ता हुनुहुन्छ । उहाँलाई १७ वर्षको उमेरमा बाल घरेलु दासताबाट उद्धार गरिएको थियो। चौधरीले स्वतन्त्र कमलरी विकास मञ्च गठन गर्नुका साथै पूर्व कमलरीहरूलाई सशक्त बनाउन बिभिन्न कार्यक्रम गर्नुभएको छ ।

यो पुरस्कारबाट घानाका डिन्टी सुले तायिरु ,उत्तर मकदोनियाका एल्भिस शाक्जिरी , मेक्सिकोका तान्या डिउरिट, बोलिभियाका टोमासा यारहुई जकोमे,नेदरल्याण्डसका जोन लिडमपनि पुरस्कृत हुनु भएको छ ।