९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बेहुली फ्रम मेघौली’ बुधबारदेखि ओटिटीमा रिलिज हुने



अ+ अ-

काठमाडौँ । स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।

हलमा दर्शकको साथ पाइरहेको अवस्थामा निर्माता–निर्देशक बस्नेतले हलबाट फिल्मलाई उतारेका थिए ।

त्यसको दुई दिनपछि नै ‘एमएसएम भिडिओ’ एपमा फिल्म रिलिज हुन लागेको हो ।

‘एमएसएम भिडिओ’ एप हालसालै संचालनमा आएको हो । छोटो समयमै एपलाई ८० हजार बढीले डाउनलोड गरिसकेको जनाइएको छ । यस एपमा दर्शकले तोकिएको शुल्क तिरेर उपलब्ध फिल्म छनोट गरेर हेर्न सक्नेछन् ।

बस्नेतका अनसार यो फिल्म युट्युबमा भने नआउने भएको छ । आफ्नो अघिल्लो फिल्म ‘दिमाग खराब’ लाई पनि युट्युबमा रिलिज नगरिने निश्चल बताउँछन् ।

फिल्म युट्युबमा रिलिज गरेपछि ओटिटी प्लेटफर्म फस्टाउँदैन भन्ने निश्चलको भनाई छ ।

फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतको अभिनय छ ।

फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ ।