२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः म्याकमुलेन सुदूरपश्चिम रोयल्समा आबद्ध



अ+ अ-

काठमाडौं । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले सुदूरपश्चिम रोयल्सबाट नेपाल सुपर लिग (एनपीएल) खेल्ने भएका छन् । रोयल्सले एनपीएलका लागि पहिलो विदेशी खेलाडीका रुपमा म्याकमुलेनलाई टोलीमा भित्र्याएको हो ।

उनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । म्याकमुलेनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

यस्तै, २२ ओडिआई खेलमा उनले २ शतक र २ अर्धशतकसहित ७ सय २१ रन बनाएका छन् । सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ ।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडर रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन गइरहेको ८ टोलीको सहभागिता रहेको एनपिएल मंसिर १६ गते देखि सुरू हुनेछ ।

सुदूर पश्चिम रोयल्समा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन आबद्ध भइसकेका छन् । टोलीसँग अब तीनजना विदेशी खेलाडीको कोटा बाँकी रहेको छ ।