५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा पृथ्वीचोकमा राष्ट्रिय स्वतन्त्र पार्टीको खबरदारी कार्यक्रम



अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवम गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका समर्थकहरुले पोखरा पृथ्वीचोकमा खबरदारी सभा गरेका छन् ।

राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो ।

लामिछानेलाई शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्की लगेको थियो । हिजो आईतबार अदालतमा पेश गरेका लामिछानेलाई अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

हिजो पनि रास्वपाका नेता तथा कार्यकर्ता तथा शुभेच्छुकहरुले प्रर्दशन गरेका थिए । त्यसक्रममा केही झडप भएको थियो ।