५ कार्तिक २०८१, सोमबार
,
Latest
संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ओली संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ओली राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा न्यौपाने नियुक्त गण्डकी प्रदेशको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त नेदरल्यान्ड्सका बास डी लिडे पोखरा एभेन्जर्समा अनुबन्धित साफ महिला च्याम्पियनशिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान पोखरा पृथ्वीचोकमा राष्ट्रिय स्वतन्त्र पार्टीको खबरदारी कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाविरुद्धको सिरिजमा नेपालको क्लिन स्विप



अ+ अ-

काठमाडौं । अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिजमा नेपालले क्लिन स्विप गरेको छ ।

तेस्रो टि ट्वान्टी खेलमा ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालको टि ट्वान्टी आईमा यो दोस्रो पटक सिरिज क्लिन स्विप हो ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

१ सय ५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ३९ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५० रनको अर्धशतकीय इनिङ खेले । यो उनको टि(ट्वान्टी करियरको छैठौं अर्धशतक हो ।

यस्तै,कुशल मल्लले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ४४ रन बनाए भने कुशल भुर्तेलले ३२ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट ४० रन जोडे ।

अमेरिका लागि जायस ड्रेल्स र जसदिप सिंहले समान १ विकेट लिए ।

त्यसअघि अमेरिकाको ग्राण्ड प्रेरीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५६ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि साईतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ छक्काको मद्दतले ६८ रन बनाए ।

यस्तै, मिलान्ड कुमारले कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । आरोन जोन्स १३ रन कप्तान मोनांक पटेल २ रन तथा हर्मित सिंह १० रनमा नट आउट रहे ।

नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।